शुक्रबार, जेठ ३, २०८२

दक्षिण कोरियाको विद्यालयको व्यामशालाको छत भत्किँदा १४ जना घाइते

नेपालखोज २०८० वैशाख २९ गते ११:२५

सियोल । दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्याम शालाको छत भत्किँदा शुक्रवार एक जना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो ।

एक जना शिक्षक सहित १४ जना घाइते भएको र तिनीहरूको नजिकैको अस्पताल उपचार भइरहेको बताइएको छ । छत भित्रको फिनिसिङ सामाग्री एकै पटक भत्किँदा दुर्घटना भएको अनुमान गरिएको छ तर यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।

प्रतिक्रिया