आइतबार, वैशाख २३, २०८१

आज ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै नेपालमा २ सय ६६ जनाले कोरोना जिते

नेपालखोज २०७७ जेठ २० गते १६:४८

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको समयमा कोरोना संक्रमण पछि निको हुनेको संख्या पनि बढिरहेको छ ।

आज मात्रै ४५ जना निको भएर घर फर्किएका छन्। देशका विभिन्न स्थानमा उपचार गराइरहेका उनीहरु संक्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले यसको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय ६६ पुगेको छ । यी मध्ये १ सय ७२ जना पुरुष छन् भने ४८ जना महिला भएको समेत उनले जानकारी दिए।

प्रतिक्रिया