गुमेको बखमुत वरपर २ किलोमिटरसम्म युक्रेनकाे दावी
नेपालखोज
२०८० वैशाख २९ गते १४:५३

कीभ । युक्रेनले पूर्वी डोनेट्स्क क्षेत्रको बखमुत सहरको वरिपरि आफ्नो गुमेको क्षेत्रमा पुनः प्राप्तिका लागि महत्त्वपूर्ण प्रगति गरेको बताएको छ । सो क्षेत्र महिनौँदेखि रुससँग जारी लडाई को केन्द्रबिन्दुको रूपमा रहेको छ ।
शत्रुले जनशक्तिको ठुलो क्षति बेहोरेको छ। हाम्रा रक्षा बलहरू बखमुत नजिक दुई किलोमिटर (करिब एक माइल) अगाडि बढेका छन् ।
हामीले यस हप्ता बखमुतमा एउटा पनि स्थान गुमाउनु परेन, उप रक्षा मन्त्री गन्ना मल्यारले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया