कामना सेवा र एरोजिन हेल्थ केयर एण्ड रिसर्चबीच सम्झौंता
नेपालखोज
२०८० जेठ २ गते १८:०१

काठमाडौं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च, विशालनगरबिच सम्झौता सम्पन्न भएको छ ।
यो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं, विशालनगर स्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा मा ४५ प्रतिशतसम्मको छुट, स्किन केयरमा ३० प्रतिशतसम्म, डेन्टल केयरमा २० प्रतिशतसम्म, डे केयर (२४/७ नर्सिङ्ग केयर) मा १५ प्रतिशतसम्म, फिजियोथेरापीमा पाँच प्रतिशत, ल्याब सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुटहरु प्राप्तगर्न सक्ने छन् ।
बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । यो सम्झौताबाट सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया