बुधबार, असार ४, २०८२

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको ‘कास्की मोडेल हस्पिटल’ मा विशेष छुट

नेपालखोज २०८० जेठ ४ गते १४:५२

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन पोखराको न्यू रोडमा स्थित ‘कास्की मोडेल हस्पिटल’ सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले पोखराको न्यू रोडमा स्थित “कास्की मोडेल हस्पिटल” मा विभिन्न सेवा सुविधाहरूमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपाल भरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया