आइतबार, असार २२, २०८२

कोरोना : आजै एकै नगरपालिकाका १ सय ५ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ २२ गते १५:५९

सुर्खेत । कर्णालीमा एकै दिन १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । दैलेखको नारायण नगरपालिकाका मात्रै १ सय ५ जना संक्रमित थपिएका छन्। जसमध्ये ५ जना महिला र १ सय पुरुष रहेका छन् ।

संक्रमित देवलकाँडाका, सोत, मानटाकुरा, साडु भगनी र बासकोटका बासिन्दा हुन्। आज थपिएकासँगै नारायण नगरपालिकामा संक्रमितको संख्या १ सय ८७ पुगेको छ।

संक्रमित सबै केही दिनअघि भारतबाट आएको नगरप्रमुख रत्नबहादुर खड्काले जानकारी दिए। त्यस्तै आज मुगुको सत्याड गाउँपालिकामा एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका प्रयोशाला संयोजक विवेककुमार पुनले जानकारी दिए।

प्रतिक्रिया