शुक्रबार, पुष ११, २०८२

गल्तीको कारण नबुझि अघि बढ्न सकिदैन-अल्बर्ट कामु

नेपालखोज २०८० जेठ ७ गते ६:१९

अल्बर्ट कामुले दर्शनमा आफ्नो अध्ययन पूरा गरेका थिए । उनि प्रसिद्ध फ्रान्सेली लेखक हुन । उनले साहित्यमा नोबेल पुरस्कार पनि प्राप्त गरे ।

१ . आफ्नो गल्तीको कारण बुझ्नु नै प्रगति तर्फ अघि बढ्नु हो ।

२ . एउटा निश्चित उमेर पछि मानिसको शैलिका लागि उ आफै जिम्मेवार हुन्छ ।

३ . काम बिनाको जीवन व्यर्थ छ । यद्यपि बेकारको काम पनि अर्थहीन हुन्छ ।

४ . यदि तपाईं डरका कारण कसैलाई सम्मान गर्दै हुनुहुन्छ भने यो भन्दा खराब केहि हुन सक्दैन।

५ . कुनै अन्तिम निर्णयको प्रतीक्षा नगर्नुहोस् , किनभने प्रत्येक दिन नयाँ-नयाँ निर्णयहरू आइरहन्छन् ।

६ . विद्रोह पछि मात्र चेतनाको जन्म हुन्छ ।

७ . मर्ने कारण धेरै हुन सक्छन् त्यसैगरि कसैलाई मार्ने पनि एउटै कारण हुन सक्दैन ।

८ . यदि तपाईंले पर्यावरणका बारेमा सोच्नुभएको छैन भने यसको मतलब तपाईं आफैलाई सुन्दरताबाट टाढा राख्न चाहनुहुन्छ ।

प्रतिक्रिया