शुक्रबार, जेठ ३, २०८२

सन्तान जन्माउँदा , नगद पाइने

नेपालखोज २०८० जेठ ७ गते ८:३२

काठमाडौं । चीनले अहिले आफ्नो जनसङ्ख्या बढाउन खोजिरहेको छ । यसका लागि चीनले युवा दम्पतीहरूलाई अनेक किसिमका प्रलोभन दिइ रहेको छ । यस अन्तरगत सन्तान जन्माउन नगद रकम समेत प्रदान गरिन्छ ।

यसमा विवाहको प्रवर्द्धन पनि समावेश छ । वास्तवमा चीनको परिवार योजना आयोगले विवाहलाई प्रवर्द्धन गर्ने परियोजना नै सुरु गर्ने तयारी गरेको छ।

यसबाट चीनमा विवाहको नयाँ युग सुरु हुने विश्वास गरिन्छ भने बच्चा जन्माउने संस्कृतिको विकास समेत हुनेछ। आयोगको यो नयाँ कदमको उद्देश्य देशमा घट्दो जन्मदरलाई नियन्त्रण गर्नु हो ।

सन्तान जन्माउन किन हिचकिचाउँछन् चिनियाँ महिला ?

परिवार योजना आयोग सरकारले घोषणा गरेको जनसङ्ख्या तथा प्रजननसम्बन्धी नयाँ विचारहरू कार्यान्वयन गर्ने राष्ट्रिय निकाय हो । ग्लोबल टाइम्सका अनुसार चीन सरकारले बच्चा जन्माउन प्रोत्साहित गर्ने उद्देश्यले थुप्रै नयाँ कदम चालेको छ ।

जस्तै कर छुट, आवास अनुदान तथा तेस्रो सन्तानका लागि निःशुल्क शिक्षा । यसले गर्दा दम्पतीहरूले एकभन्दा बढी सन्तान जन्माउने चिनियाँ योजनाबिदहरुको आशा छ ।

यद्यपि चीनका धेरैजसो महिला बाल हेरचाहको लागत तथा आफ्नो क्यारियरमा बेहोर्नुपर्ने सम्भावित क्षतिका कारण सन्तान जन्माउन अनिच्छुक छन् । यससँगै देशमा लैङ्गिक विभेद पनि उच्च छ ।

चीनको आधिकारिक अखबार ग्लोबल टाइम्सका अनुसार जिनपिङ सरकारको नयाँ परियोजना देशका २० भन्दा बढी सहरमा लागू गरिने छ । यसमा महिलाहरूलाई शिशु जन्माउन प्रोत्साहन गरिनेछ ।

यो परियोजनाले पुराना नियम र नियमहरू हटाएर अभिभावकहरू बिचको बढ्दो दुरी घटाउने लक्ष लिएको छ भने सन्तान प्रति महिलाको दायित्व घटाएर उसको जिम्मेवारी आपसमा बाँडफाँड गर्ने लक्ष्य राखेको छ ।

यो परियोजनाले हेबेई प्रान्तका ग्वाङ्झाउ र हाइनान सहरहरूलाई समेट्छ । यसबारे जनसांख्यिकीविद् हि याफुले भने, समाजले विवाह र सन्तान जन्माउने अवधारणामा युवाहरूलाई मार्गदर्शन गर्नुपर्छ ।

अब चीनमा तेस्रो सन्तान जन्माउन प्रोत्साहन

चीनले लामो समयदेखि एक सन्तान नीति अपनाउँदै आएको छ त्यसैले चीनमा वृद्धहरूको ठुलो जनसङ्ख्या छ । चीनले १९८० मा एक दम्पती एक सन्तानको कडा नीति अख्तियार गरेको थियो ।

यो नीति सन् २०१५ मा खारेज भएको थियो । यही नीतिका कारण मुलुकको जनसङ्ख्या तीव्र गतिमा घटेको मानिन्छ । चीनमा अहिले मानिसहरूलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन दिइँदै छ ।

प्रतिक्रिया