मंगलबार, वैशाख १८, २०८१

शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा

नेपालखोज २०८० जेठ ९ गते १८:२२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी नभएको बताईन् ।

दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको २७औँ वार्षिक उत्सवको अवसरमा मन्त्री शर्माले व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत हुने बताईन् ।

‘व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन । व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार हुनुहुँदैन । व्यक्ति र कमजोरी परिवर्तन गर्न सकिन्छ । यसका लागि सञ्चार माध्यम र राजनीतिकर्मीहरूको दायित्व साझा छ, राजनीतिक स्वतन्त्रताका लागि जे भनेर उपलब्धि प्राप्त गर्यौं, त्यो प्यारो छ’, उनले भनिन् ।

गणतन्त्रमा नागरिकले अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नु नै महत्त्वपूर्ण हो भन्दै उनले भनिन्, ‘उपलब्धिको रक्षा हाम्रो दायित्व हो । गणतन्त्र, लोकतन्त्र र समावेशिताले ठूलो उपलब्धि हासिल गरेको छ । एलिट वर्गको सिन्डिकेट तोडिएको छ ।’

प्रतिक्रिया