शनिबार, जेठ ४, २०८२

रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण

नेपालखोज २०८० जेठ १० गते ८:२५

एजेन्सी । युक्रेनसँग सिमाना जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा मंगलबार राति ड्रोन आक्रमण भएको छ ।

रुसको हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसालेको उक्त क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभ बताएका छन् ।

आक्रमणका कारण दर्जनभन्दा बढी निजी आवासीय भवनमा क्षति पुगेको तर, मानवीय क्षति भने नभएको उनको भनाइ छ । बेल्गोरोड क्षेत्रको ग्रेभोरोन जिल्ला र बोरिसोभ जिल्लामा ड्रोन आक्रमण भएको हो ।

युक्रेनको खार्कोभ नजिकै रहेको अवस्थित बेल्गोरोड हालै युद्धको केन्द्र बनेको समाचार संस्था सिह्वाले जनाएको छ । एक युक्रेनी सशस्त्र बल सबोटेज र टोही समूहु सोमबार बेलगोरोड क्षेत्रमा प्रवेश गरेको रुसी पक्षले जनाएको छ ।

तर, कीभले यस क्षेत्रमा अपरेसनको पछाडि दुई रुसी अर्धसैनिक समूहको हात रहेको दाबी गरेको छ । बेल्गोरोड क्षेत्र सोमबारदेखि आतंकवाद विरोधी अभियानको अधीनमा छ ।

प्रतिक्रिया