मंगलबार, वैशाख १८, २०८१

विराटनगरमा १५ दिन चल्यो बृहत नागरिक आन्दोलन

नेपालखोज २०८० जेठ १२ गते १२:३०

काठमाडौं । नागरिक समाजका अगुवाहरुको नेतृत्व र कलाकार, साहित्यकार, प्राध्यापकसहितका सरोकारहरुको सहभागीतामा विराटनगरमा १५ दिनसम्म बृहत नागरिक आन्दोलन चलाइएको छ ।

नागरिक अगुवा सुयर्मा राज राई, विश्वनाथ रिजाल लगायतको अगुवाइमा चलेको आन्दोलनमा प्रमुख वक्ताको रुपमा नागरिक अभियान्ता तथा मानवअधिकारवादी कृष्ण पहाडी समेत उपस्थित भएका थिए । ‘साझा मञ्च–साझा सवाल, भ्रष्टाचार सबैको सरोकार’ भन्ने मूल नारासहित चलेको आन्दोलनमा हस्ताक्षर समेत संकलन गरिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन र दोषीउपर कारबाहीको माग गर्दै संकलित हस्ताक्षर मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई पठाएएको छ ।

शान्तिपूर्ण आन्दोलनका क्रममा ‘ए..भ्रष्टाचारी ! बर्बाद होस् तेरो घरबार’, ‘जुनै लिङ्ग, जुनै पार्टीको भएपनि भ्रष्टाचारी नेपालका लागि बोझ हुन्’, ‘भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गरौँ’जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया