डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा मायोपियाको जोखिम बढ्दै

नेपालखोज २०८० जेठ १३ गते १३:२२

Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

Warning: Undefined variable $mero_break_ad1 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 231

Warning: Undefined variable $mero_break_ad2 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 234

Warning: Undefined variable $mero_break_ad3 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 237

काठमाडौं । नेपाल नेत्रज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा विराटनगरमा सम्पन्न मायोपिया सम्बन्धी कार्याशाला गोष्ठीमा सहभागिहरुले डिजिटल माध्यामहरुको बढ्दो प्रयोगले विश्वमा नै मायोपिकको जोखिम बढ्दै गएको भन्दै सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् ।

विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्याशाला गोष्ठीमा सहभागिहरुले समयमै सचेत भएर सावधानी अपनाए यो जोखिमबाट बच्न सकिने कुरामा जोड दिए ।

आँखामा देखिने मायोपिया रोग विशेषगरी स–साना बालबालिकामा बढी देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वको आधी जति जनसंख्या मायोपिक हुनसक्ने अनुमान गरेको छ ।

पहिले देखि मायोपियाको समस्या रहेका आमा–बुवाबाट जन्मिएका सन्तानमा मायोपियाको सम्भावना बढी देखिएको छ । त्यस्तै, कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय विताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने बिज्ञहरु बताउछन् ।
मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ ।

सामान्य आँखाले हेर्दा कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात रेटिनामा आएर फोकस हुने गर्छ । तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ ।

विश्वमा अहिले मायोपिया सचेतना सप्ताह मे २२ देखि २६ मे सम्म चलिरहेको छ । यसको अवसरमा नेपाल नेत्र ज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालले एक दिने मायोपिया सम्बन्धि कार्याशाला गोष्ठीको आयोजना गरेको थियो । जसमा कोशी प्रदेश तथा मधेश प्रदेश का नेत्र विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा नेत्र सहायकहरु गरि करीब २ सय जना सहभागी भएका थिए ।

सूचना प्रविधिको विकास संगै आम मानिसले आफनो दैनिक क्रियाकलापलाई चलायमान बनाउन घण्टौं सम्म मोबाईल, ल्यापटप, टि.भि जस्ता डिजिटल माध्यामहरुमा समय व्यतित गर्ने परिस्थिति सिर्जना भएको छ । जसले गर्दा आँखाको समस्यामा दिनानुदिन बढोत्तरी हुदै गईरहेको छ । यसरी लामो अवधिसम्म घर वाहिरको वातावरणमा कार्य नगर्दा आँखामा हुने एउटा जोखिमको रुपमा मायोपिया देखा परेको छ ।

मायोपिया भएको व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । मायोपिया भएमा टाढाको वस्तु हेर्दा आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भईरहेको हुन्छ ।

मायोपियाबाट वच्न वच्चाहरुलाई मोबाईलको प्रयोग वाट जोगाउने, दैनिक कम्तिमा २ घण्टा वाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने तथा समय समयमा नियमितरुपमा आँखा जाँच गराउनु पर्ने बताउछन् विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ पंकज राय अधिकारी ।

कार्यशाला गोष्ठीमा एल.भी. प्रसाद आई ईन्सिटच्युट, हैदराबाद भारतका डा. पवन भेर्किचर्ला र स्वपनिल ठाकुर तथा विराटनगर आँखा अस्पतालबाट डा. पवन श्रेष्ठ तथा पंकज राय अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।


Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

प्रतिक्रिया