शनिबार, जेठ ४, २०८२

बेलारुसका राष्ट्रपति लुकासेन्को रुसी समकक्षी पुटिनसँगको भेटपछि अस्पताल भर्ना

नेपालखोज २०८० जेठ १५ गते १८:०९

बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई उनका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट गरेपछि मस्कोको अस्पताल भर्ना गरिएको छ । बेलारूसी विपक्षी नेतालाई उद्धृत गर्दै न्युजवीकले सो बारे सामचार उल्लेख गरेको छ।

उता सन् २०२० का राष्ट्रपति पदका उम्मेदवार भ्यालेरी त्सेप्कालोले लुकासेन्कोको अवस्था गम्भीर रहेको दाबी गर्दै मस्कोको सेन्ट्रल क्लिनिकल अस्पतालमा लगिएको कुरा आफ्नो टोलीले प्राप्त गरेको बताए पनि त्यसको थप पुष्टि नभएको बताएको अमेरिकी साप्ताहिक समाचार पत्रिका न्युजवीकले जनाएको छ ।

‘हामीसँग भएको जानकारी अनुसार त्यसलाई थप पुष्टि गर्न आवश्यक छ भन्दै लुकाशेन्कोलाई पुटिनसँगको गोप्य बैठकपछि तुरुन्तै मस्कोको केन्द्रीय क्लिनिकल अस्पतालमा लगिएको छ,’ त्सेपकालोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया