भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १६ जना घाइते
नेपालखोज
२०८० जेठ १६ गते ११:३४

काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार अमृतसरबाट कटरा सहर जाँदै गरेको गाडी चालकले नियन्त्रण गुमाएपछि झज्जर कोटली क्षेत्रमा दुर्घटना भएको हो ।
‘चार गम्भीर घाइतेलाई सरकारी मेडिकल कलेज जम्मूमा सारिएको छ । अन्य १२ जनाको स्थानीय रूपमा उपचार भइरहेको छ,’ पुलिसले थपे ।
–IANS
सम्बन्धित
प्रतिक्रिया