दक्षिणपूर्वी एसियामा लागूऔषध माफिया

एसियामा सिन्थेटिक औषधिको कालो व्यापार फेरि बढेको रिपोर्ट छ । धेरै देशका प्रवर्तन एजेन्सीहरूले लागूऔषध माफियालाई कारबाही गरेका छन्। यसकारण संगठित लागूऔषध माफियाले कारबाहीबाट जोगिन तस्करीको नयाँ बाटो अपनाएका छन् । संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराधसम्बन्धी कार्यालय (युएनओडीसी)ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनबाट यो जानकारी आएको हो ।
प्रतिवेदनका प्रमुख जेरेमी डगलसले कोरोनापछि बदलिएको अवस्थामा तस्करले आफ्नो रुट परिवर्तन गरेको बताए । दशकौंदेखि अधिकांश क्षेत्रीय मेथ उत्पादन सुनौलो त्रिभुजको जंगलमा भएको छ। यो क्षेत्र थाइल्याण्ड, लाओस र म्यानमारको सिमाना मिल्ने क्षेत्र हो। यहाँका आपराधिक समूहहरू पश्चिमी समुद्री मार्गतर्फ बढ्दै गएका छन् ।
मध्य म्यानमारको सट्टा उनीहरू अब अण्डमान सागरमा लागुओैषध आपूर्ति गर्दैछन्। म्यानमारबाट मेथ र अन्य सिन्थेटिक औषधिको खेप यसअघि जापान, न्युजिल्याण्ड र अष्ट्रेलिया हुँदै ओसारपसार हुने गरेको थियो । अब यसका लागि नयाँ बाटो खोजिएको छ । दक्षिण एसियाको म्यानमारबाट बंगलादेश र उत्तरपूर्वी भारतमा ठूलो परिमाणमा मेथ ढुवानी भैरहेको छ । पहिले यसका लागि नेपाली भुमि समेत प्रयोग हुन्थ्यो ।म्यानमारको शान प्रान्त सिन्थेटिक औषधि उत्पादनको केन्द्र बनेको छ। यो अफिम उत्पादनको ठूलो क्षेत्र पनि हो ।
कम्बोडियामा अफिम उत्पादक र संगठित माफियाले संरक्षण पाउँछन्। त्यहाँ अझै पनि लागूपदार्थ उत्पादन हुन्छ । त्यहाँ उत्पादन, भण्डारणसँगै प्रयोगशालामा नयाँ औषधिहरू समेत विकास भैरहेका छन् । सिन्थेटिक ड्रग्सका लागि युएनओडिसि (UNODC )का क्षेत्रीय संयोजक इन्सिक सिमले भने- “यस क्षेत्रमा केटामाइनको अवस्था धेरै कुरामा २०१० को मध्यमा मेथाम्फेटामाइन बजार बूमको स्तरमा पुगेको छ। रिपोर्टहरू अनुसार पूर्व र दक्षिणपूर्व एशियामा यसमा ठुलो वृद्धि भएको छ।







प्रतिक्रिया