शुक्रबार, असार ६, २०८२

प्रेमराज महतको ‘घर हम्रा हुम्ला जुम्लामा’सार्वजनिक

नेपालखोज २०८० जेठ २१ गते ६:४७

काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराज महतको नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा’सार्वजनिक भएको छ ।

शुक्रबार आफ्नै युट्युबमार्फत् आफ्नै शब्द र संगीतमा तयार भएको गीत भिडियोसहित सार्वजनिक गरेका हुन । उक्त नयाँ गीतमा शान्तिश्री परियारको पनि स्वर रहेको छ । यो गीतको लागि जुम्लाका विकट पहाडी क्षेत्रमा छायांकन गरिएको छ ।

म्युजिक भिडियोमा गायक महतसंग रीना थापा मगरले अभिनय गरेकी छिन् । प्रेमराजा महतको परिकल्पना र रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको भिडियोको छायांकन मानकृष्ण महर्जनले गरेका हुन् ।

सम्पादनमा मिराज अर्याल र रिमा फिल्म्सले गरेको हो भने रंग संयोजन राजेन्द्र मोक्तानले गरेका छन् । गीतका निर्माताहरु अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गिर्वाण विक्रम भण्डारी र गौरिका भण्डारी हुन् ।

प्रतिक्रिया