मंगलबार, वैशाख १८, २०८१

चलचित्र ‘फनफनी’ निर्माण हुने

नेपालखोज २०८० जेठ २२ गते २२:०९

काठमाडौं । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बनेका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ ।

यहाँ आयोजित एक पत्रकार भेटघाटमा उनले पारिवारिक कथामा चलचित्र निर्माण हुने जानकारी दिए । ‘चलचित्रको लेखनको कार्य भइरहेको छ, यो पारिवारिक कमेडी चलचित्र बन्नेछ’, निर्देशक सुनारले भने, ‘यो पनि समाजसँग जोडिएको कथा हो । यसमा नेपालसँगै विदेशको यथार्थलाई हास्य शैलीमा प्रस्तुत गर्ने तयारीमा छु ।’

यस्तै, सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएर यसको एक पोस्टरसमेत सार्वजनिक गरिएको छ । यसमा अभिनेताका रुपमा आर्यन अधिकारी अनुबन्धित भएका छन् ।

‘चलचित्रको कथा सुनेपछि अभिनय गर्न सहमत भएको हुँ’, अभिनेता अधिकारीले भने । हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता रहेकाे चलचित्रको छायाङ्कन नेपालसँगै अष्ट्रेलिया, क्यानडा र भारतमा गर्ने निर्माण पक्षको तयारी रहेको छ ।

प्रतिक्रिया