इरानमा लागूऔषध सम्बन्धी अपराधमा यो वर्ष १७३ जनालाई फाँसी

एजेन्सी । एम्नेस्टी इन्टरनेशनलका अनुसार यस वर्ष इरानमा लागुऔषध सम्बन्धी अपराधका लागि कम्तीमा १७३ जनालाई मृत्युदण्ड दिइएको छ । यो संख्या गत वर्षको तुलनामा तीन गुणा बढी हो ।
यस वर्षको पहिलो पाँच महिनामा इरानमा मारिएका करिब दुई तिहाइ लागुऔषधसँग सम्बन्धित अपराधमा दोषी ठहर भएको एम्नेस्टी इन्टरनेशनलले नयाँ प्रतिवेदनमा जनाएको छ ।
मध्यपूर्व र उत्तर अफ्रिकाका लागि एम्नेस्टीका उपनिर्देशक डायना एल्ताहवीले अधिकारीहरूले लागूऔषध सम्बन्धी अपराधका लागि मृत्युदण्ड दिने “लज्जाजनक दर“ अन्तर्राष्ट्रिय कानूनको विपरीत र “मानवता र जीवनको अधिकारको अभाव“ विरुद्ध रहेको बताइन् ।
मानवअधिकार संगठनका अनुसार सन् २०२२ मा इरानमा ५८२ जनालाई फाँसी दिइएको थियो ।
पाँच महिनामा २८२ जनालाई फाँसी
अन्य अपराधका लागि मृत्युदण्ड दिनेको संख्यामा उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
यो वर्षको पहिलो पाँच महिनामा कम्तीमा २८२ जनालाई फाँसी दिइएको छ । यो गत वर्षको सोही अवधिमा दिइएको मृत्युदण्डको संख्याको झण्डै दोब्बर हो ।
इरानले जनवरीदेखि मार्चसम्म एक सयभन्दा बढीलाई मृत्युदण्ड दिएको थियो । संयुक्त राष्ट्र संघ र एम्नेस्टी इन्टरनेशनलले यो डरलाग्दो दरमा मृत्युदण्ड दिइने हो भने यस वर्ष इरानमा एक हजार व्यक्तिलाई फाँसी दिइने चेतावनी दिएका छन् ।
मानवअधिकार संगठनहरू भन्छन् कि मृत्युदण्डको वास्तविक संख्या आधिकारिक तथ्याङ्क भन्दा धेरै हुन सक्छ । नर्वेस्थित इरान ह्युमन राइट्सका अनुसार यो वर्ष अहिलेसम्म कम्तीमा ३०७ जनालाई मृत्युदण्ड दिइएको छ ।
प्रतिक्रिया