बालबालिकालाई प्रकृति बचाउने काम सिकाउँ

काठमाडाैं । प्रकृति संरक्षण र वातावरणको शुद्धताका लागि जनतालाई सचेत गराउने उद्देश्यले प्रतेक वर्ष वातावरण दिवस मनाइन्छ । बढ्दो प्रदूषणले प्रकृतिमा नकारात्मक असर पारेको छ । २१ औँ शताब्दी वातावरणमा हुने क्षतिका कारण विनाशको शताब्दी हो । प्रकृतिमा हुने क्षतिका कारण सुनामी, भूकम्प, पहिरो, हिमपात जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्छ । अहिले वातावरणको सबैभन्दा ठूलो शत्रु मानिस नै हो ।
हरेक दिन मानिसले गर्ने गल्तीहरूका कारण वातावरणलाई हानि पुर्याउँछ। यी गल्तीहरूलाई नियन्त्रण गरेर, वातावरण संरक्षण गर्न सकिन्छ। यो बिषयमा बालबालिकाहरुलाई पनि सुसूचित गर्नुपर्छ ।
एसिको प्रयोग :
गर्मीको दिनमा शीतलता प्राप्त गर्न एसीको प्रयोग बढ्छ । एसीले चिसो हावा त दिन्छ तर यसले वातावरण प्रदूषित गर्छ। बालबालिकाहरुलाई एसी प्रयोग गर्दा हुने हानिकारक असरहरूका बारेमा सिकाउनुपर्छ भने आफैंले पनि एसिको प्रयोग कम गर्नुपर्छ । एसि कम प्रयोग गर्नु पनि प्रदूषण कम गर्न योगदान दिनु हो ।
प्लास्टिकको प्रयोग :
धेरैजसो मानिसले दैनिक रूपमा प्लास्टिकका वस्तु , बोतल तथा डिस्पोजेबल प्लेटहरू प्रयोग गर्छन्। यी डिस्पोजेबल वस्तुहरूले वातावरणलाई सबैभन्दा बढी नोक्सान गरिरहेका छन् । बालबालिकाहरु लाई यसबाट हुने हानिका बारेमा बताउनुपर्छ । प्लास्टिक बायोडिग्रेडेबल हुँदैन । प्लाष्टिक जलाउनु वा जमिन भित्र गाडनु पनि घातक हुन्छ ।
पोलिथिन :
पोलिथिन पृथ्वी र वातावरणका लागि धेरै नै हानिकारक छ। पोलिथिनमा पोलियुरेथेन नामक रसायन पाइन्छ, जसलाई नष्ट गर्न सकिँदैन । प्लाष्टिक जलाउँदा वातावरण प्रदूषित हुन्छ । अर्कातर्फ जमिनमा पोलिथिन गाडे यसबाट विषाक्त ग्यास निस्कन्छ । पोलिथिन आफैँले पनि प्रयोग गर्नु हुँदैन भने परिवारका सदस्यहरूलाई कागज वा कपडाको झोला प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ ।
वृक्षारोपण : बालबालिकालाई वातावरणका बारेमा सचेत गराउन र प्रकृतिलाई मौलिक रूपमा कायम राख्न रूख रोप्न सिकाउनुपर्छ । उनीहरूलाई साना बिरुवा रोप्न दिनुपर्छ भने ती बिरुवामा दैनिक पानी छर्कन सिकाउनुपर्छ । लबालिकाहरुलाई बोटबिरुवासँग मित्रता गर्न सिकाउनुपर्छ ताकि उनीहरूले प्रकृति र उनीहरूको भविष्यको संरक्षणका लागि बोटबिरुवा र वातावरण कत्तिको महत्त्वपूर्ण छ भनेर बुझुन् ।
प्रतिक्रिया