शनिबार, वैशाख १३, २०८२

जुनमा लन्च हुँदैछन् ५ उत्कृष्ट कार

नेपालखोज २०८० जेठ २९ गते ११:२१

काठमाडाैं । यो जुन महिना कार बजारमा निकै रोचक रहनेछ । यसको सबैभन्दा ठूलो कारण हो, यो महिना धेरै नयाँ फोर व्हीलर कार बजारमा आउनु । यसमा नयाँ होन्डा एलिभेट तथा मारुती जिम्नि पनि छन् । यी कारले चाडैं नै नेपाली बजारमा पनि प्रवेश पाउने छन् ।

होन्डा एलिभेट (Honda Elevate)

होन्डा एलिभेट (Honda Elevate) मध्यम आकारको एसयुभि (SUV) । यो नयाँ कार होन्डाको उत्कृष्ट सेडान कार मोडल सिटीको प्लेटफर्म र इन्जिनमा आधारित छ । होन्डा एलिभेटमा १.५ लिटर रेगुलर पेट्रोल इन्जिन तथा १.५ लिटर एटकिन्सन साइकल हाइब्रिड इन्जिन विकल्प उपलब्ध छ। य‍ो कारमा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) का साथै अन्य धेरै सुविधाहरू छन्।

मारुती सुजुकी जिम्नि (Maruti suzuki jimny)

५-डोर मारुती सुजुकी जिम्निमा नियमित १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ जसले १०३ बीएचपी पावर तथा १३४ एनएम टर्क उत्पादन गर्छ। ट्रान्समिसन सिस्टमको कुरा गर्दा यसमा पाँच स्पीड म्यानुअल र चार स्पीड अटोमेटिक गियर बक्स छ । अफ-रोड ड्राइभिङका लागि उपयुक्त 4×4 All Grip Pro प्रविधि मारुती सुजुकी जिम्निको प्लस प्वाइन्ट मध्ये एक हो ।

बिएमडब्ल्यु एम २ (BMW M 2)

बिएमडब्ल्यु एम २ ( बिएमडब्ल्यु ) BMW द्वारा उत्पादित उत्कृष्ट स्पोर्टी लुक मोडल मध्ये एक हो । यसको दोस्रो पुस्ताको मोडल यहि महिना लन्चका लागि तयार छ । बिएमडब्ल्यु एम २ को अपडेटेड संस्करणले ३.० -लिटर टर्बो ट्विन इनलाइन-सिक्स इन्जिन पाउनेछ जसले ४६० बिएचपि पावर र ५५० एनएम टर्क उत्पादन गर्छ । यसले ६ स्पीड म्यानुअल गियरबक्स र आठ स्पीड अटोमेटिक ट्रान्समिसन सिस्टमको विकल्प पनि पाउनेछ ।

भक्सवागन टिगुआन र भक्सवागन भर्टिस (Volkswagen Tiguan & Volkswagen Virtus)

भक्सवागन टिगुआन (Volkswagen Tiguan) र भक्सवागन भर्टिस (Volkswagen Virtus ) को म्यानुअल भेरियन्ट पनि बजारमा यहि महिना लन्च हुँदैछ। यो कारमा १.५ लिटर टीएसआई पेट्रोल इन्जिनले १४८ बीएचपी पावर र २५० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्नेछ भने यसमा ७ स्पीड डीएसजी ट्रान्समिसन सिस्टम युनिट उपलब्ध हुनेछ ।

मर्सिडीज-एएमजी एसएल ५५ (Mercedes-AMG SL55)

१२ वर्षको लामो प्रतिक्षापछि मर्सिडिज बेन्जले एसएल सिरिज मोडलका साथ पुनरागमन गरेको छ । मर्सिडीज-एएमजी एसएल ५५ मा ४.० लिटर ट्विन टर्बो भि८ (V8 ) इन्जिन रहेको छ। यो इन्जिनले ४६९ बीएचपी पावर तथा ७०० एनएमको टर्क जेनरेट गर्न सक्छ । यो कारको अटोमेटिक ट्रान्समिसन सिस्टम मोडलमा ९ वटा गियर छ । मर्सिडिज बेन्ज एएमजी एसएल ५५ को अधिकतम गति २९५ किमी/घन्टा छ।

प्रतिक्रिया