सोमबार, वैशाख १५, २०८२

स्पेनिस ला लिगामा सेभिल्लासँग रियल बेटीस पराजित

नेपालखोज २०७७ जेठ ३० गते १३:०२

काठमाडौँ। कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको स्पेनिस ला लिगा फुटबल अन्तर्गतका खेलहरु पुनः सुरु भएका छन् ।

गए राति भएको खेलमा सेभिल्लाले रियल बेटीसलाई पराजित गरेको छ । घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले २–० को अन्तरले जित हासिल गरेको हो ।

बन्द रंगशालामा भएको खेलमा पहिलो हाफमा सेभिल्लाका लागि ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पस र ६२ औँ मिनेटमा रिगसले गोल गरेका हुन् ।

जितपछि सेभिल्लाको २८ खेलबाट ५० अंक भएको छ । रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ । एजेन्सी

प्रतिक्रिया