पाकिस्तानको भाकर अदालतमा गोली चल्दा दुई जना घाइते
नेपालखोज
२०८० असार ४ गते १७:३७

पाकिस्तान । पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार न्यायाधीश भक्कर कलोरकोटको इजलासमा गोली चलेको थियो ।
मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहमा दुई जनाले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ भने घाइतेहरूलाई अस्पताल पुर्याइएको एआरवाई न्युजले उल्लेख गरेको छ ।
पुरानो दुश्मनीका कारण सो घटना भएको प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया