शनिबार, जेठ ४, २०८२

ओखलढुंगाको विलन्दुमा पहिरो, ३ को मृत्यु, १ बेपत्ता

नेपालखोज २०८० असार ८ गते ७:०७

ओखलढुंगा । गएरातिको अविरल वर्षासँगै ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ मा गएको पहिरोले ३ घर बगाउदा ३ जनाको मृत्यु र १ बेपत्ता भएका छन् ।

पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु भएको हो। स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी १८ महिनाकी छोरी कृतिका गुरुङको शव पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपबहादुर केसीले जानकारी दिए।

रणबहादुरकै श्रीमती २९ वर्षीय शिवमाया गुरुङको शव पनि पहिरोले पुरिएको अवस्थामा फेला पारिएको छ । रणबहादुरका १० वर्षीय छोरा दिनेश गुरुङ भने हालसम्म वेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोबाट स्थानीय रणबहादुर गुरुङ, बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको हो । अन्य दर्जनौँ घरमा क्षति पुगेको छ । अन्य घरका परिवार भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी पुगेको छ ।

प्रतिक्रिया