सुन तोलामा ७ सयले घट्यो
नेपालखोज
२०८० असार ८ गते १३:२५

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ७ सय घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य एक लाख १० हजार ५ सयबाट घटेर ९ हजार ८ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।
यसैगरी तेजाबी सुनको मूल्य एक लाख ९ हजार ९५० बाट घटेर एक लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य १ हजार ३६० रुपैयाँबाट घटेर १ हजार ३३५ रुपैयाँ प्रतितोला कायम छ ।
सम्बन्धित







प्रतिक्रिया