शनिबार, जेठ ४, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार ८ गते २३:२९

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु ।

ओखलढुंगाको बिलन्दु पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो ।

पाँचथरमा बाढी पहिरोका कारण ११९ परिवार विस्थापित ।

सर्वोच्चको अन्तरिम आदेशपछि उपप्राध्यापक प्रेम चलाउनेले तोडे अनशन ।

वीर अस्पतालका ७ सय शैया बिरामीका लागि निःशुल्क ।

२ करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ ।

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित ।

सातामा २० अर्ब ६६ करोड रुपैंयाँको सेयर किनबेच ।

काठमाडौं महानगरको वार्षिक नीति कार्यक्रम पारित ।

टाइटन पनडुब्बीमा सवार ५ जनाकै मृत्यु ।

एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काको जित ।

काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालको पाँचौँ हार ।

प्रतिक्रिया