किन बोलायो एन्फाले आपतकालिन बैठक ?
नेपालखोज
२०७७ असार १ गते ८:०८
नेपाल खोज डेक्स,
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन बैठक आज बस्दैछ ।
लकडाउनका कारण लामो समयदेखि बन्द रहेको एन्फा कम्प्लेक्स, सातदोवाटोमा सामाजिक दूरी कायम गरेर बैठकको तयारी गरिएको छ ।
स्रोतका अनुसार आजको बैठकका लागि चार वटा मुख्य एजेन्डा रहेको छ । बैठकमार्फत टासी घलेलाई एन्फाको मानार्थ अध्यक्षमा फर्काउन खोजिएको छ ।
यस्तै कोरोनाका कारण उत्पन्न परिस्थितीमा एन्फाले दिन सक्ने सहयोगका विषयमा पनि निर्णय हुनेछ ।
यसैगरी एन्फाको विरोध गरिरहेका जिल्ला फुटबल संघहरुमाथिको कारवाहीको विषयमा पनि एन्फा बैठकमा छलफल हुने बुझिएको छ ।
सम्बन्धित
प्रतिक्रिया