बिहीबार, जेठ २, २०८२

ब्राउनसुगर सहित ४ जना पक्राउ

नेपालखोज २०८० असार ११ गते १२:२०

विराटनगर । झापा र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति साढे ९ बजे मोरङको केराबारी गाउँपालिका ७ का ३२ बर्षीय युवराज कटवालले लागुऔषध ओसारपसार गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-१० खोर्साने चोकमा फेला पारी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

यसै गरी झापाको भद्रपुर नगरपालिका-५ मेचिपुल स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको मे १० प ३२८७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक भद्रपुर-८ का २६ बर्षीय मोहित साहले लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ ग्राम ब्राउन सुगर पक्राउ गरेको हो भने झापा गाउँपालिका-५ भित्री सडक खण्डबाट स्थानीय २४ बर्षीय बिशाल राजवंशी र पछाडी सवार १९ बर्षीय रोहन ढकाललाई २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

प्रदेश १-०१-०१३ प ४१८१ नम्बरको स्कुटरमा सवार रहेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा उक्त परीणामको लागूऔषध बरामद भएको थियो ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया