ओखलढुंगामा बोलेरो दुर्घटना, ८ जना घाइते
नेपालखोज
२०८० असार ११ गते १५:४१

ओखलढुंगा । सिद्धिचरण नगरपालिका १ को भारतीछापमा आज विहान बोलेरो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । भित्रि कच्ची सडकमा रोकेर राखिएको ट्याक्टरलाई क्रस गर्ने क्रममा प्र २-०३-००१ ज ००८७ नं को बोलेरो दुर्घटनामा परेको हो ।
बोलेरो आज विहान उकालो चढ्न नसकेर पछाडि सर्दा २० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेहरुलाई प्रहरीले उद्दार गरेर ओखलढुंगा सामुदायिक अस्पताल पठाएको छ ।
घाइतेहरुको अवस्थामा सामान्य रहेको र उपचारपश्चात डिस्चार्ज हुने तयारीमा रहेको प्रहरीले जनाएको छ । बोलेरोका चालक सिद्दिचरण नगरपालिका १ बस्ने अन्दाजी वर्ष ४० का कर्णबहादुर घिमिरे प्रहरी चौकी निशंखेको नियन्त्रणमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया