शुक्रबार, पुष ११, २०८२

साफ च्याम्पियनसिपमा आज नेपालले पाकिस्तानको सामना गर्ने

नेपालखोज २०८० असार १२ गते ९:१५

काठमाडौं। भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । अखिल नेपाल फुटबल सङ्घका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिइसकेका छन् ।

समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अङ्कविहीन रहँदै तेस्रो स्थानबाट बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अङ्क विहीन रहँदै पुछारमा रहेर बाहिरिन पुगेका हो । दुवै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुन् ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।

प्रतिक्रिया