राष्ट्रपति पुटिनविरुद्ध हाेइन न्यायका लागि मार्च गरेका हाैँ : वाग्नर प्रमुख प्रिगोजिन

एजेन्सी । रुसमा सक्रिय वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको घटनापछि पहिलो सार्वजनिक अभिव्यक्ति दिएका छ ।
संदेशमा उनले आफ्ना सदस्यले न्यायका लागि मार्च गरेका दाबी गरेका छन् । झण्डै ११ मिनेट लामो भिडियो संदेशमा रुसी सेनाको रगत बग्न नदिन आफ्ना समर्थक फिर्ता भएको उनको भनाइ छ ।
वाग्नर समूहका संस्थापक प्रिगोजिनले आफ्नो समूहको पछिल्लो कदम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध लक्षित नभएको पनि बताएका छन् ।
रुसमा गएको शनिवार नाटकीय घटनाक्रमपछि राष्ट्रपति पुटिन र उनी नेतृत्वको सरकारले स्थिति अहिले सामान्य बनेको सङ्केत दिएको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री मिखाइल मिसुस्टिनले राष्ट्रपतिको पछाडि सबै जना एकताबद्ध हुन आह्वान गरेका छन् । युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमा त्यहाँको निजी सैन्य समूह वाग्नरले सेनामाथि नै विद्रोहको प्रयास गरेको थियो ।
रुसी सेनाले पर्याप्त हतियार नदिएको र आफ्नै भूमिमा आक्रमण गरेको भन्दै वाग्नर समूहले असन्तुष्टि जनाउँदै आएको थियो।
प्रतिक्रिया