बिहीबार, जेठ २, २०८२

अमेरिकामा दशकौंपछि मलेरियाका बिरामी

नेपालखोज २०८० असार १३ गते ८:५०

फ्लोरिडा । अमेरिकाकाे टेक्सासमा दशकौंपछि मलेरियाका बिरामी भेटिएका छन् । अमेरिकाको फ्लोरिडा र टेक्सासमा मलेरियाका बिरामी भेटिएका जनाइएकाे छ । दशकौंपछि मलेरियाका बिरामी फेला परेपछि त्यहाँ सतर्कता अपनाइएको छ । 

अमेरिकाको फ्लोरिडा र टेक्सासमा २० वर्षमा पहिलो पटक लामखुट्टेबाट सर्ने घातक रोग औलोका पाँचवटा घटनाको पुष्टि भए पछि अहिले पुन भेटिएका हुन् । 

पछिल्लो प्रकरणको पुष्टि गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दुई महिनाको अवधिमा टेक्सासमा एउटा र फ्लोरिडामा चारवटा केस पत्ता लागेको बताएको छ ।

प्रतिक्रिया