प्रिगोजिनसामु विवश पुटिन

काठमाडौं । ‘पश्चिमा देश रुसी नागरिक एक–अर्कासँग लडून् भन्ने चाहन्थे। यसमार्फत युद्धमा भोगेको हारको बदला लिन चाहन्थे। तर यस्तो हुन सकेन ।
वागनरले चाह्यो भने सेनामा सामेल हुन सक्छ, बेलारुस जान सक्छ या आफ्नै घर पनि फर्किन सक्छ। विद्रोहलाई रक्तपातमय नबनाएकामा मैले वागनर ग्रुपलाई धन्यवाद दिएँ।’
यो भनाइ रुसी राष्ट्रपति पुटिनको हो। शनिबार वागनर ग्रुपको सत्ता कब्जा गर्ने कोसिसपछि पुटिनले दोस्रोपटक देशलाई सम्बोधन गरे ।
त्यतिबेला उनले रुसको निजी सैन्य समूह वागनर लडाकुलाई आग्रह गरिरहे। यस्तै रुसको रक्षा मन्त्रालयले पनि आफ्ना ठूला हतियार बुझाउन अनुरोध गर्यो।
अमेरिकी रक्षा विभागका अनुसार वागनर ग्रुपसँग ब्याटल ट्यांक, लडाकु विमान, कम दूरीका मिसाइल, बख्तरबन्द, लडाकु वाहन र एयर डिफेन्स सिस्टमजस्ता हतियार छन्। यी सबै हतियार रुसले वागनर आर्मी प्रमुख येभगेनी प्रिगोजिनलाई दिएको हो।
डिसेम्बर २०२२ मा रुसले उत्तर कोरियासँग पनि कैयौँ हतियार खरिद गरेको थियो। ती हतियार पनि रुसले वागनर ग्रुपलाई हस्तान्तरण गरेका थियो। वागनर ग्रुपसँग युद्धमा प्रयोग हुने तोपखानाका गोली पनि छन्। पुटिन विवश हुनुको मुख्य कारण नै यही हो।
रुसबारे जानकारी राख्ने विश्लेषक पावेल फेलगेनहाउरका अनुसार पुटिनले वागनर लडाकुलाई रुसी सेनामा सामेल गर्ने निर्णय ठीक होइन। किनकि वागनर लडाकु त्यसो गर्ने पक्षमा छैनन्।
अझै पनि उनीहरू आफ्ना हतियारसहित संगठित छन्। उनीहरू स्थलयुद्धका लागि उपयुक्त लडाकु हुन्। तर उनीहरूको अर्को कदम के हुन्छ भन्ने थाहा छैन। प्रशस्त हतियार भएका कारण पुटिनका लागि उनीहरू अझै पनि खतराको संकेत बनेका छन्।
INS
प्रतिक्रिया