सुदूरपश्चिम प्रदेशमा कर कटौती
कैलाली । सुदूूरपश्चिम प्रदेश सरकारले घरजग्गाको नामसारी र सवारीसाधनमा लाग्दै आएको शुल्कमा व्यापक कटौती गरेको छ ।
सो प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हिजो प्रदेशसभामा पेश गरेको आर्थिक विधेयकमा सवारीसाधन र घरजग्गा रजिष्ट्रेशन दस्तुरमा व्यापक कटौती गरेको हो ।
प्रस्तावित ऐनअनुसार अब सो प्रदेशमा दर्ता भएका मोटरसाइकलहरुमा २५ सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म मात्रै शुल्क लाग्नेछ । यसअघि यो २५ सय रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म लाग्दै भएको थियो ।
त्यस्तै यसअघि १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँ प्रतिवर्षसम्म कर रहेको कार, जीम माइक्रोवस र भ्यानहरुको कर घटाएर ८ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पुर्याइएको छ ।
त्यस्तै डोजरको शुल्क २५ हजारबाट १५ हजार रुपैयाँ, ट्याक्टरको ३ हजारबाट १५ सय रुपैयाँ, पावर ट्रिलरको २५ सय रुपैयाँबाट १ हजार रुपैयाँ, मिनि ट्रक र मिनिबसको १५ हजारबाट १० हजार रुपैयाँ, मिनी ट्रिपरको १७ हजार रुपैयाँबाट १२ हजार रुपैयाँ तथा ट्रक र बसको सवारीसाधन कर २० हजार रुपैयाबाट १६ हजार रुपैयाँमा झारिएको छ ।
प्रतिक्रिया