अवरुद्ध रहेको बागमती प्रदेशसभाको बैठक सुरु
नेपालखोज
२०८० असार १३ गते १७:४७

काठमाडाैं । अवरुद्ध रहेको बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित विपक्षी दलहरुको अवरोधका कारण बैठक अवरुद्ध रहेकाे थियाे ।
मंगलबार अपरान्न ४ बजेबाट एमाले र राप्रपाको अवरोधका कारण बस्न नसकेको बैठक सरकारसँगको सहमतिपछि सुरु भएको हो ।
बजेटमाथि असन्तुष्टि राख्दै संसदमा अवरोध गरेको एमाले र राप्रपाले सरकारसँग आफ्ना मागहरु राख्न संसद सञ्चालनको सहमति गरेको जनाइएको छ ।
बैठकमा एमालेसहित राप्रपा र नेमकिपाका संसदीय दलका नेताले आ–आफ्नो धारणा राख्ने जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया