एसियाडका लागि भारोत्तोलनका चार खेलाडी छनोट
नेपालखोज
२०८० असार १३ गते २२:१५

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् ।
अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए । पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए ।
त्यस्तै महिलातर्फ ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए । एशियाली खेलकुद आगामी असोज ६ गतेदेखि सुरु हुँदैछ ।
सम्बन्धित







प्रतिक्रिया