शुक्रबार, असार ६, २०८२

आज जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्ती मनाइँदै

नेपालखोज २०८० असार १४ गते ८:१७

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७२ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ।

जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ।

वि.सं. २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा दुर्घटनामा परी निधन भएको थियो।

उनी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए ।

प्रतिक्रिया