उत्तर भारतमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, २ गम्भीर घाइते
नेपालखोज
२०८० असार १५ गते १६:२५

भारत । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान सडक छेउमा पार्क गरिएको ट्रकसँग कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनाको साथै अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
राज्यको बाँदा जिल्लामा आठ जना यात्रु बोकेको कारले ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको बाँ्दाका जिल्ला अधिकारी दुर्गा शक्ति नागपालले जानकारी दिएका छन् ।
पाँच जनाको घटनास्थलमै ज्यान गएको थियो भने तीनजनालाई सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो । बाँकी दुई घाइतेको अवस्था अहिले गम्भीर रहेको र सरकारी अस्पतालमा सारिएको अधिकारीले बताएका छन् । rss
सम्बन्धित
प्रतिक्रिया