विश्वकपबाट बाहिरियो वेस्टइन्डिज

काठमाडौं । दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपको सहभागिताबाट बन्चित भएको छ। जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि वेस्टइन्डिज प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको हो ।
सुपर सिक्समा वेस्टइन्डिजले अव श्रीलंका र ओमानसँग खेल्न बाँकी छ । यी दुई टिमलाई हराउँदा ४ अंक हुन्छ तर सुपर सिक्समा समान दुई खेल खेल्न बाँकी रहेका श्रीलंका र जिम्बावेको ६-६ अंक भएको हुँदा वेस्टइन्डिजको सम्भावना समाप्त भएको हो ।
वेस्टइन्डिज सन् १९७५ देखी सुरु भएको विश्वकपका सबै संस्करणमा सहभागि हुँदै आएको थियो । वेस्टइन्डिज १९७५ र १९७९ को दुई संस्करणको विश्वकप च्याम्पियन हो भने उ १९८३ को संस्करणमा उपविजेता बनेको थियो । त्यसपछि वेस्टइन्डिजले विश्वकपको फाइनल खेल्न नसके पनि सबै संस्करणमा प्रतिस्पर्धा गर्दै आएको थियो ।







प्रतिक्रिया