शुक्रबार, असार ६, २०८२

बागमती प्रदेशसभाको बैठक बस्दै, अवरोध गर्ने मुडमा विपक्षी दल

नेपालखोज २०८० असार १७ गते ८:५४

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०–०८१ को बजेट माथिको छलफलमा लागि आइतबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

प्रदेश सरकारले असार १ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि छलफलका लागि असार १२ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध पछि ३ दिनका लागि स्थगित गरिएको थियो ।

बजेटमा विभेद गरिएको, निश्चित निर्वाचन क्षेत्रमा पहुँचका आधारमा बजेट विनियोजन गरेको, मुख्यमन्त्री र मन्त्रीहरूको जिल्लामा बजेट केन्द्रित गरेको लगायतका विषयमा प्रश्न उठाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र विपक्षी दल राप्रपाले १२ गतेदेखिको बैठकमा निरन्तर अवरोध गर्दै आएका छन् ।

प्रमुख प्रतिपक्ष दल एमाले सहित विपक्षी दल राप्रपाले बजेट सन्तुलित बनाउन माग गरेका छन् । उनीहरुले सरकार यस तर्फ गम्भीर नभए बैठक चल्न दिने पक्षमा छैनन् ।

संसद् खुलाउने विषयमा हालसम्म सरकार पक्षबाट कुनै औपचारिक छलफल नभएकाले माग सम्बोधन नभएसम्म बैठक चल्न नलिने एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया