मंगलबार साफ च्याम्पियनसिपको फाइनल
नेपालखोज
२०८० असार १७ गते ९:००

काठमाडौं । बैंगलरुको कान्तिरभा रंगशालामा भएको सेमिफाइनलमा लेवनानलाई टाइब्रेकरमा ४–२ ले हराउँदै आयोजक भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । यसक्रममा भारतले लेवननलाई टाइब्रेकरमा ४–२ ले पन्छाएको थियो ।
अब असार १९ गते मंगलबार भारत र कुवेत बिच साफ च्याम्पियनसिपको फाइनल हुनेछ । यसअघि बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा पुगेको थियो । समूह चरणमा भारत र कुवेत एकै समूहमा थिए ।
समूह चरणको अन्तिम खेल १–१ को बराबरीमा टुंगिएपछि कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनल पुगेको थिए । समूह चरणमा भारत र कुवेत दुबैले नेपाल र पाकिस्तानलाई हराएका थिए ।
साफको १४ औं संस्करणमा आइपुग्दा भारत नवौं पटक उपाधि जित्ने प्रयासमा हुनेछ । दक्षिण एसिया बाहिरका कुवेत र लेबननले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिएका हुन् ।
सम्बन्धित







प्रतिक्रिया