शुक्रबार, पुष ११, २०८२

नेपालसँग युएई ३ विकेटले पराजित

नेपालखोज २०८० असार १७ गते २०:२३

काठमाडौं । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट अलराउण्डर प्रदर्शनमा आइसिसी विश्वकप छनोट अन्तरगत प्लेअफ खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको १८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा ७ विकेटको क्षतीमा पुरा गर्यो । नेपालको जितमा दीपेन्द्र र सन्दीपले महत्वपूर्ण योगदान दिए ।

एक समय १०६ रनमा ७ विकेट गुमाएर संकटमा परेको नेपाललाई दीपेन्द्र र सन्दीपले सम्हालेका थिए । यि दुबै ब्याटरले अर्धशतकीय ७९ रनको विजयी साझेदारी गरे ।

दीपेन्द्र ७९ र सन्दीप २३ रनमा अविजित रहे ।

प्रतिक्रिया