आइतबार, वैशाख १४, २०८२

जब स्वामी विवेकानन्दले एक व्यक्तिलाई मूर्ख भने…

नेपालखोज २०८० असार १९ गते ५:४२

राम्रो कुरा बारम्बार सुन्दा मन शान्त हुन्छ, गलत बोल्दा रिस उठ्छ । स्वामी विवेकानन्दसँग सम्बन्धित एउटा घटना छ। स्वामीजी भगवानको नामको महिमा बताउँदै थिए। धेरैले उनको कुरा ध्यान दिएर सुनिरहेका थिए । सबैजना चुपचाप थिए तर व्याख्यानको बीचमा एकजना उठ्यो र तिमी के भन्दैछौ भन्न थाल्यो । भगवानको नामको एउटै शब्द बारम्बार किन लिन्छौं रु शब्दमा के छ रु तिमि किन रटिएका शब्दहरु बोल्छौ रु मानिसहरूले किन ऋषि(मुनिहरूले दिएका मन्त्र र वचनहरू जप्छन्, यसको महत्त्व के छ ?

त्यहाँ बसेका सबै मानिसहरूले उक्त व्यक्तिको कुरा सुने। अब विवेकदानन्द जी के जवाफ देलान भन्ने जिज्ञासा उनिहरुमा थियो । स्वामीले त्यो व्यक्तिलाई भने – तिमी मूर्ख हौ। स्वामीजीको यो कुरा सुनेर सबै छक्क परे। उनले यस्तो भन्छन भन्ने कसैले सोचेका थिएनन । ती व्यक्ति पनि स्वामीजीको यो कुरा सुनेर आश्चर्यचकित भए ।
उनले भने – स्वामीजी तपाई सन्त हो । तपाईं शान्त रहनुहुन्छ । तपाइलाइ रिस पनि उठदैन तर मैले तपाइलाई के भने र जसका कारणले तपाइले मलाई मुर्ख भन्नुभयो ?

विवेकानन्दले भने ( मैले एउटा शब्द मात्र भनेको छु तर तिमीलाई यति सानो कुरामा रिस उठ्यो । यी शब्द मात्र हुन्, मैले तिमीलाई मारेको होइन । हाम्रो नराम्रो शब्दले कोहि रिसाउन सक्छ। जब हामी शुभ वचनहरू बारम्बार दोहोर्याउँछौं तब हाम्रो मन शान्त हुन्छ ।

भगवानको नाम, मन्त्र शुभ शब्द हुन्, यिनको उच्चारण गर्नाले भगवानको कृपा प्राप्त हुन्छ, मन शान्त हुन्छ, नकारात्मक विचारको अन्त्य हुन्छ र सकारात्मकता बढ्छ । त्यसैले हामीले बारम्बार भगवानको नाम जपिरहनुपर्छ, जसले गर्दा अशान्ति र दुष्टताहरू हामीबाट टाढा रहन्छन्।

विवेकानन्दको पाठ :

यो कथामा स्वामीजीले राम्रो वचन, बारम्बार भगवानको नाम जप गर्दा सकारात्मकता बढ्छ भन्ने सन्देश दिएका छन् । भगवानको नाम जप गर्दा मन शान्त हुन्छ, नकारात्मक विचार हट्छ। त्यसैले पूजा र भजनमा भगवानको नाम जपि रहनुपर्छ।

प्रतिक्रिया