आइतबार, पुष ६, २०८२

सिचुआनमा भारी वर्षाका कारण ४ लाख ६० हजारभन्दा बढी प्रभावित

नेपालखोज २०८० असार १९ गते २०:२९

चेङ्दु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण ४ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले मङ्गलबार जनाए अनुसार सो प्रान्तका ८५ हजारभन्दा बढी स्थानीय बासिन्दाहरूलाई सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको छ।

भारी वर्षाको समयमा जनताको जीवन रक्षा गर्न प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले सामाजिक सञ्जाल प्लेटफर्म र आफ्नो वेबसाइट मार्फत जनतालाई पूर्व चेतावनी पठाएको छ। साथै गस्ती कार्य र वास्तविक-समय वर्षाको अनुगमनलाई पनि चुस्त बनाएको बताइएको छ ।

यसअघि सिचुआनले २६ वटा काउन्टी-स्तर क्षेत्रहरू समावेश गर्दै बाढीको उच्च जोखिम रहेको भन्दै पहेंलो चेतावनी जारी गरेको छ । साथै चीनले भूवैज्ञानिक प्रकोपहरू जनाकारी सम्प्रेषण गर्न चार किसिमका रङ्ग-कोड गरिएको मौसम चेतावनी प्रणाली विकास गरेको छ ।

सो प्रणाली अन्तर्गत रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्छ भने त्यसपछि सुन्तला, पहेंलो र नीलो रङ्गले क्रमशः कम खतराको प्रतिनिधित्व गर्छ ।

प्रतिक्रिया