काेशी प्रदेश : सरकार गठनको दाबी गर्दा सभामुखलाई गणना नगर्न एमालेकाे ध्यानाकर्षण
नेपालखोज
२०८० असार २१ गते १५:४३

काठमाडाैं । काेशी प्रदेशमा नेकपा (एमाले)ले सरकार गठनको दाबी गर्दा सभामुखलाई गणना नगर्न भनेकाे छ । सभामुख बाबुराम गौतमलाई समेत गणना गरी सरकारको दाबी पेस गर्न लागिएको भन्दै एमाले ध्यानाकर्षण गराएकाे हाे ।
दलका नेताको तर्फबाट एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज ज्ञापनपत्र बुझाउँदै सभामुखले दल परित्याग गरी स्वतन्त्र हैसियतमा बसेको अवस्थामा गठबन्धनका तर्फबाट गणना गरिएको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।
काेशी प्रदेशमा गठबन्धन दलसँग कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एकजना सांसद छन् ।
माओवादीबाट सभामुख छन् । उनको संख्यासमेत जोड्दा गठबन्धनसँग बहुमत पुग्ने ठिक्क संख्या ४७ पुग्छ ।
सम्बन्धित
प्रतिक्रिया