शुक्रबार, असार ६, २०८२

कांग्रेस जिल्ला सभापतिहरूको बैठकमा के भयाे छलफल ?

नेपालखोज २०८० असार २१ गते २०:५०

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा पार्टीका जिल्ला सभापतिहरूको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज प्रारम्भ भएको छ । बैठकमा ४२ जिल्लाका पार्टी सभापति र १८ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

वर्षा र बाढीपहिरोलगायतका विविध कारणले उपस्थित हुन नसकेका जिल्ला सभापतिहरूलाई ‘जुम’मार्फत बैठकमा जोडिएको कांग्रेस कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । बैठकमा कांग्रेसको सदस्यता, क्रियाशील सदस्यताको सन्दर्भमा प्रविधिमैंत्री व्यवस्थापन तथा विभिन्न तहको सम्मेलनका बारेमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यक्रमको सुरुमा प्रकाश पारेका थिए ।

छलफलमा जिल्ला सभापतिहरू डिगबहादुर लिम्बू (मोरङ), नारायणप्रसाद गौडेल (बाँके), दीपक खड्का (सङ्खुवासभा), पूर्णबहादुर तामाङ (कान्छाराम) (रामेछाप), रामनाथ अधिकारी (धादिङ), बर्मा लामा (दोलखा), राजु थापा (स्याङ्जा), केशव श्रेष्ठ (अर्घाखाँची), रामकृष्ण खाण (रुपन्देही), खिलध्वज पन्थी (गुल्मी), केशरमान रोका (रुकुमपूर्व), कावा सभापति चन्द्रबहादुर राना (नवलपरासीपूर्व), जीतेन्द्रकुमार श्रेष्ठ (ललितपुर)ले आ–आफ्नो धारणा राखेका थिए ।

यसैगरी बुद्ध लामा (मकवानपुर), ऐनबहादुर शाही (मुगु), पुष्पबहादुर शाह (अछाम), मणिराम रेग्मी (दैलेख), रामसिंह रावल (बाजुरा), शङ्करप्रसाद डाँगी (दाङ), नरेन्द्रबहादुर सिंह (डोटी), सुरेन्द्रप्रसाद सिंह (सर्लाही), पेम्बाछिरिङ तामाङ (रसुवा), रामदेव साह (सप्तरी), कावा सभापति खड्ग बिसी (जाजरकोट), सबुज बानियाँ (काठमाडौँ), रामचन्द्र यादव (सिरहा) र जीत शेरचन (बाग्लुङ)ले आफ्नो धारणा व्यक्त गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा धारणा राख्ने क्रम जारी छ । भोलि असार २२ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको बैठक पुनः बस्ने कार्यवाहक मुख्यसचिव डा. पराजुलीले बताए ।

प्रतिक्रिया