सोमबार, वैशाख २९, २०८२

उपाधि विजेता यु–१६ टोलीलाई जनही ५० हजार दिइने

नेपालखोज २०८० असार २२ गते १२:२७

काठमाडौं । एसिसी यु-१६ इस्ट जोन कप विजेता नेपाली युवा क्रिकेट टोलीलाई जनही ५० हजार नगदसहित पुरस्कृत गरिने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले यु-१६ का खेलाडी र अफिसियललाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

मङ्गलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

नेपालले यसअघि यु १६ इस्टर्न रिजनको उपाधि २०१७ र २०१९ मा जितेको थियो । यस पटक इस्ट जोन कपको उपाधि जित्दै ह्याट्रिक गरेको हो ।

प्रतिक्रिया