आइतबार, असार १, २०८२

मान्छेको जात नै यस्तै

नेपालखोज २०८० असार २३ गते ८:४९

स्वदेश हुँदा बिदेश सम्झन्छन्
पढाई, करियर, मनोरन्जन,
गीत अनि समाचार भन्छन्
नजर र मन पारी नै डुलाउछन्

फेरी बिदेश हुँदा
स्वदेश सम्झन्छन्
खाना, नाना र खबर
चासो राख्नु पर्यो नी भन्छन्
रित्तो यता राख्छन्
भरी उता पुर्याउछन्
मन अनि धन दुबै
छाया यता माया उता
जे छैन त्यै खोजीररन्छन्
अल्झिरहन्छन्, पर्खीरहन्छन्

मान्छेको जात नै यस्तै हो हजुर
पृथ्वीमा बस्छन्
तर जुन र तारा हेर्छन्
बर्तमानमा श्वास् फेरछन्
तर अतितमा डुलीरहन्छन्
कल्पनाको बताससँगै झुलीरहन्छन् ।

प्रतिक्रिया