वीरेन्द्र जैसीले अनशन तोडे, उपचारको जिम्मा लिने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । कोखामा प्रहरीको गोली लागि घाइते भएका वीरेन्द्र जैसीको आजदेखि अनसन तोडेका छन् । २०७३ साल फागुन १ गते घाइते भएका जैसी उपचार तथा क्षतिपूर्तिको माग गर्दै तीन हप्तादेखि अनशनरत बस्दै आएका थिए ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज वीरेन्द्र जैसीको अनशन तोडाए । वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो ।
हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ । माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ्य अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए । आजदेखि भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार सुरु गरिएको जनाइएको छ ।
अनशन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका छन् ।
प्रतिक्रिया