सोमबार, असार २३, २०८२

एसिसी इमर्जिङ कपमा आज नेपाल र पाकिस्तान भिड्दै 

नेपालखोज २०८० असार २९ गते ९:२९

काठमाडौं । एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटमा समूह बी मा रहेको नेपाल र पाकिस्तान ‘ए’ भिड्दैछन्।

खेल श्रीलंकाको कोलोम्बो क्रिकेट मैदानमा बिहान सवा १० बजेदेखि सुरु हुनेछ ।

समूह ‘ए’ मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र ओमान ‘ए’ छन् । समूह ‘बी’ मा नेपाल, भारत, पाकिस्तान र युएईको ‘ए’ टोली छ ।

नेपाल बाहेक अन्य सबै एसोसिएट टोलीले दोस्रो रोजाईको टोली पठाएको छ । नेपालले दोस्रो खेल भारतसँग सोमबार र युएई ‘ए’ सँग बुधबार खेल्नेछ ।

बिहीबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट आगामी जुलाई २३ सम्म हुनेछ।

प्रतिक्रिया