अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको डाइमन्डसहित अष्ट्रेलियन नागरिक पक्राउ
नेपालखोज
२०८० असार ३१ गते १३:५१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलकका अष्ट्रेलियन नागरिक ५५ वर्षिया अभया विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्यााण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डाईमन्ड फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया